असारे महिना कृषकहरुका लागि निकै महत्वपुर्ण महिनाको रुपमा लिईन्छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा बिगतदेखि भनिदै आएको असार १५ लाई कृषकहरुले अँझै बिशेष दिनका रुपमा लिने गर्दछन् ।
आज धान दिवस अथवा धान महोत्सव भनेर पनि असार १५ लाई मान्दै आएको पाईन्छ । जिल्ला कृषि बिकास कार्यालय दैलेखले पनि धान दिवसको अवसर पारेर कृषकहरुका खेतमै गएर धान रोप्ने र हिलो खेल्ने काम बिगतका बर्षहरु देखि हुँदै आएको छ । यो बर्ष पनि धान दिवस सम्पन्न गर्नका लागि तोली गाविसलाई स्थान छनौट गरि जिल्लाका कार्यालय प्रमुखहरु, जिम्मेवार निकायका प्रमुखहरुको उपस्थिती हुने र हिलो गरामा गएर धान सँगै हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ ।
दिवस सँधै भरी मनाउनुपर्छ बार्षिक कार्यक्रम भित्रको कुरा पनि होला मनाउनु निकै राम्रो कुरा हो । अवका दिनहरुमा दिवस केवल दिवसका रुपमा मात्र नभै केही फरक पन र नयाँ पनमा परिणत गर्नुपर्ने जरुरी देखिएको छ । धान दिवसका दिन लगाईएको धान बिगतका बर्षहरुको तुलनामा राम्रो फलेको वा नयाँ बिऊ वा अहिलेको प्रतिकुल बातावरण र रोग किराहरुसँग लड्न सक्ने क्षेमतावान भएको जस्ता नयाँ बिऊहरुलाई, बिऊ राख्ने बेलादेखिनै कृषकका बारीमा पुगेर नयाँ प्रवृती र नयाँ बिधितर्फ परिवर्तन गर्न सकेमा अँझै प्रभावकारीता बढ्दै जाने देखिन्छ








